Bal-Umang

Bal-Umang

युवतीसँग जबरजस्ती गरेको आरोपमा वडाध्यक्ष थुनामा

तनहुँ । तनहुँमा युवतीसँग जबरजस्ती गरेको आरोपमा एक वडाध्यक्ष पुर्पक्षका लागि थुनामा पुगेका छन्। घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका हुन् ।

गएको वैशाख २५ गते एक युवतीलाई बलात्कार गरि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जंगलमा बलात्कार गरेको भन्दै ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार