Bal-Umang

Bal-Umang

यसकारण नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

काठमाडौं – नेपाली काँग्रेसको विद्याथी संगठन नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। पार्टी सभापतिलाई सम्बोधन गरेर उनले राजीनामा पत्रमा बुझाएको हुन् । बुझएको राजीनामा पत्रमा उनले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल उल्लेख गरेका छन्।

लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएपछि अब कसले कमाण्ड सम्हाल्ला भन्ने विषयको बहस सुरु भएको छ।

विधानतः थपिएको तीन महिनामा आफूहरुले संगठनको विधानलगायत विषयमा पार्टीमा पेस गरे पनि आन्तरिक किचलोका कारण पार्टी नै समस्यामा रहेकाले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। विधान नै नभएकाले महाधिवेशनको कार्यतालिका आफूहरुले बनाउन नसकेको पनि उनले उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले सबै अग्रज नेतालाई सम्बोधन गरी आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। तर आफ्नो राजीनामा गराउन पार्टी केन्द्रीय समिति नै लागिपरेको उनले आरोप पनि लगाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार