Bal-Umang

Bal-Umang

‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ’

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन् । बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नं.२ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ ।’

उनले मधेसी, दलित, थारु, मुस्लिम, जनजातिलगायतको हकअधिकार संविधानमा स्थापित नहुन्जेल संघर्ष गरिरहने बताए । उनले संघीयतामा आँच आउने खालको कुनै पनि गतिविधि आपूmहरुलाई स्वीकार्य नभएको बताए । संघीय प्रणाली अपनाएको मुलुकमा संघ र प्रदेशको सरकार रहने पनि बताए ।

‘प्रदेशको सरकारको आफ्नै कानुन, आफ्नै स्वायत शासन, आफ्नै अर्थतन्त्र, आफ्नै प्रशासन हुन्छ । प्रदेशको अधिकारमा कसैले पनि हस्तक्षेप गर्न हुँदैन’ उनले भने ।

प्रदेश नं।२ मानवीय सूचकांकमा सबैभन्दा पछाडि रहेको बताउँदै उनले भने, ‘यहाँ सबै चिज भए पनि किन मानवीय सूचकांकमा पछाडि परेको छ, त्यसको खोजबिन हुनुपर्छ । विगतमा राज्यको विभेदकारी नीतिका कारण प्रदेश मानवीय सूचकांकमा पछाडि परेको बताए ।

त्यस्तै प्रदेश नं।२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी भर्ना गर्न नपाउँदा आफूले प्रशासन सञ्चालन गर्न नपाएको बताए । उनले बेटी पढाऔं बेटी बचाऔं अभियान सञ्चालन गरेको र माघयता जन्मेका बालिकालाई १ लाखको बिमा गर्ने नीति प्रदेश सरकारले ल्याएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार