Bal-Umang

Bal-Umang

पर्यटनमन्त्रीलाई बर्खास्त गर्नूस् : कृष्ण पहाडी

काठमाडाैँ । मानव अधिकारकर्मी कृष्ण पहाडीले वाईडबडीको प्रकरणमा संलग्नलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्। बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदलाई ढांटेको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

संसदको सर्वोच्चता भएको मुलुकमा संसद्लाई नै झुट बोल्ने कुरा स्वीकार्य नहुने भन्दै उनले भने, ‘वाइडबडी काण्डमा रविन्द्र अधिकारीले संसदमा जे बोले, त्यो झुट सावित भएको छ । संसद्लाई झुट कुरा बताउने व्यक्ति पदमा रहिरहन पाउँदैन, त्यसैले म बुटवलबाटै भन्छु प्रधानमन्त्री केपी ओली ज्यू, रविन्द्रजीलाई तपाइको क्याबिनेटबाट बाहिर निकाल्नुस् ।’

प्रधानमन्त्रीले आफूहरुको माग नसुने प्रजातान्त्रिक परम्परा र संसदीय सर्वोच्चताबारे हरेक निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने उनले बताए । ‘त्यति गर्दा पनि सुन्नुभएन भने आउदो चुनावमा प्रत्येक निर्वाचन क्षेत्रमा यही मुद्दा उठाउँछौं’ पहाडीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार