Bal-Umang

Bal-Umang

ओली सरकारमाथि प्रचण्डले लगाए यस्तो गम्भीर आरोप, बालुवाटारमा उथलपुथल!

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै सार्वजनिक रुपमै आलोचना गरका छन्।

जिल्ला समन्वय समिति रुकुम (पश्चिम) ले आयोजना गरेको ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको आरोप लगाए।

स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको भनाइ छ ।अध्यक्ष दाहालले कानून निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति जनाए ।

दाहालले संविधानलाई आत्मसात गरेर त्यसको इमान्दार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे देश भयानक दुर्घटनामा फस्ने चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार