Bal-Umang

Bal-Umang

फोरमको ताम्सालिङ प्रदेश समिति पुनर्गठन, अध्यक्षमा घलान

संघीय समाजवादी फोरम, नेपालको ताम्सालिङ प्रदेश समिति पुनर्गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार सम्पन्न भेलाले कृष्णकुमार घलानको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हाे।

समितिको उपाध्यक्षमा युबराज भट्टराई, बिच्छि बहादुर थामी, ज्ञानु लामा, मुख्य सचिवमा शुभरत्न गोले, सचिवमा रहरसिंह तामाड॰ र हेपबहादुर थामी, कोषाध्यक्षमा रजनी श्रेष्ठ रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा जगत तामाङ, नवराज मोक्तान, बिन्दा आचार्य, मेनुका दर्नाल, धन बहादुर सुनार, छ्योईसाड॰ तामाड॰, देबराज स्याड॰तान, चँचला पराजुली, उत्तम अधिकारी, बलराज सुनार, तेनसिँह लामा, सनी लामा, शेखर तामाड॰, साबित्री चेपाड॰, राम बाहादुर तामाड॰, शेर बाहादुर कोईराला बिक, सुबोध घलान रहेका छन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश समितिका इन्चार्ज केवी घजु प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश समितिका सह इन्चार्ज सुनी लामा, प्रदेश अध्यक्ष लालबहादुर तामाङ, विद्युत बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा घलानले पहिचान प्राप्तिको आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने कुरा बताएका थिए । उनी २०४२ सालदेखि राजनीतिमा सक्रिय रहेका युवा हुन् जसले २०४६ सालको बहुदलिय प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा पञ्चायत विरुद्ध कालो झण्डा गाड्ने कामको अगुवाई गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार