Bal-Umang

Bal-Umang

गगनविरुद्ध उत्रियो नेविसंघ, कालो झण्डा देखाउँदै राख्यो यस्तो सर्त

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाविरुद्ध उनकै पार्टीको भातृ संगठन नेविसंघ उत्रेको छ। नेविसंघका कार्यकर्ताहरुले सोमबार पोखरामा सांसद थापालाई कालो झण्डा देखाउँदै उनको पछिल्लो कार्यशैलीको विरोध गरेका छन्।

सरकार विरोधी आन्दोलनका क्रममा नेविसंघले पोखरा महानगरपालिकाको गाडी शनिबार जलाएपछि आइतबारको संसद बैठकमा उक्त घटनाको उनले निन्दा गरेका थिए । नेविसंघले गरेको कार्यप्रति समर्थन जनाउनुको साटो निन्दा गरेको विरोध स्वरुप उनीहरुले गगनविरुद्ध कालो
झन्डा देखाएका हुन् । गगन कांग्रेसले सरकार विरुद्ध सोमबार आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा पोखराको चिप्लेढुंगामा सभालाई सम्बोधन गर्ने क्रममा कालो झन्डाको सामना गर्नु परेको थियो।

उनले सम्बोधन गरिरहेकै बेला नेविसंघ कास्कीका एक अगुवा विकास थापाको समूहले कालो झन्डा देखाएको थियो । विकास स्वयंले दाहिने हातमा नेविसंघको रातो र अर्कोमा कालो झण्डा देखाएका थिए । नेविसंघ जिन्दावाद, पक्राउ परेका साथीलाई तुरुन्त रिहा गर लगायत नारा विकास थापा समूहले लगाएको थियो । उनले गगनबाट व्यक्त धारणा पनि फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताएका थिए । सरकारी गाडीमा आगजनी आरोपमा नेविसंघका लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार