Bal-Umang

Bal-Umang

रवि लामिछानेले फेरि गरे विवाह, को सँग कहिले गरे?

काठमाडाैँ – सञ्चारकर्मी रवि लामिछानेले फेरि विवाह बन्धनमा बाँधिएका छन्। चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग सोमबार विवाह अदालती प्रकिया मार्फत विवाह गरेका हुन्। उनीहरुले काठमाडौं जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराएका हुन्।

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् । अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी हुन् । रवि लामिछानेले केही समय पहिले पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार