Bal-Umang

Bal-Umang

सरकारले माग्याे कामदारका नाममा मलेसियाबाट आएको ‘कलिङ भीषा’

काठमाडौं – सरकारले म्यानपावर कम्पनीमार्फत मलेसियाबाट कामदारका नाममा आएको ‘कलिङ भिसा’ विवरण माग गरेको छ । मलेसियाको रोजगारी बन्द भएको झन्डै ९ महिनापछि सरकारले म्यानपावर व्यवसायीहरुको दबाबमा यस्तो कदम चालेको हो।

वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र कलिङ भिसा प्राप्त गरेर मलेसिया जानबाट वञ्चित कामदारको विवरण माग गरेको हो ।

नयाँ प्रक्रियाबाट कामदार लैजान प्रक्रिया सुरु नभए पनि गत जेठ २ गतेअगाडि नै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान दिनुपर्ने म्यानपावर व्यवसायीले माग राख्दै आएका थिए । उनीहरुले ९ हजारभन्दा बढी कामदारको कलिङ भिसा आएको दाबी गर्दै आएका छन् । विभागले भिसा आइसकेका कामदारको सबै विवरण समेत माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार