Bal-Umang

Bal-Umang

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि मन्लायलयले एकैसाथ माग्यो ७५३ जना कर्मचारी, कुन प्रदेशमा कति?

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशको लागि ७ सय ५३ जना कर्मचारी माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अधिकृत र नयाब सुब्बाको पदमा ती कर्मचारीहरुको माग गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सातै प्रदेशमा अवश्यक पर्ने जनशक्तिको लागि विज्ञापन खोलेको छ। देशैभरि रहेको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार