Bal-Umang

Bal-Umang

नायिका वर्षा राउतको जुर्यो विवाहको साइत, कहिले र को सँग गर्दैछिन्(निमन्त्रणा कार्डसहित)

काठमाडाैँ –नायिका वर्षा राउत र अभिनेता संजोग कोइरालाको लभ यात्राले अन्तिम रुप लिएको छ। लामो समयदेखि चल्दै आएको प्रेम सम्बन्ध अब विवाहमा परिणत हुन लागेको छ। लामो समयदेखि प्रेममा रहेको यो जोडीको विवाह कहिले होला भन्ने प्रश्न पनि बेला–बेलामा चर्चामा आउने आउने र सेलाउने गरेको थियो। वर्षाले प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्।

उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएकी थिइन। वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् । उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ । वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।

विवाहको एक महिनाअघि विवाह मिति सार्वजनिक गरिएको भए पनि केही समय अगाडिदेखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार