Bal-Umang

Bal-Umang

मन्त्री अगाडी ‘म लाेकल हुँ’ भन्दै जंगिने सचिवमाथि प्रहरीले लियाे यस्तो एक्सन, घटनालाई बनाइयो अतिरञ्जित

 1072 पटक हेरिएको

काठमाडाैँ – प्रदेश २ को मन्त्रालयमा कार्यरत एक सचिवले मन्त्री समक्ष अनादार रुपमा प्रस्तुत हुँदै ‘म लोकल हुँ’ भन्दै फूर्ति लगाएपछि घटनाले नयाँ मोड लिएको छ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोही प्रदेशका सभामुख सरोज यादवसँग प्रदेशको विकास र समृद्धिका लागि छलफल गरिरहेका बेला उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले गुण्डाकै शैलीमा प्रस्तुत हुँदै फूर्ति लगाएपछि घटनाले नयाँ मोड लिएको हो।

मन्त्रीका स्वकीय सचिवले भने,’ मन्त्री र सभामुखबीच कुरा भइरहेको बेला सचिव झा त्यहाँ आएपछि मन्त्री ज्युले तपार्इ एक छिन बाहिर बस्नु भन्ने वित्तिकै सचिव जंगिएका थिए। उनले अघि,भने मन्त्री ज्युको अगाडी सचिवले ‘म यहाँको लोकल हुँ’ भन्दै धाक लगाएर जंगिएका थिए।’

मन्त्री यादवलाई सचिवले तथानाम भनेपछि प्रहरी त्यहाँ पुगेको थियो। र प्रहरीले नै सचिवलाई पक्राउ गरेको थियो।मन्त्री यादवका सचिवले भने,मन्त्री ज्यूको सकारात्मक निर्देशनलाई सचिवले भनैकै भरमा अतिरञ्जित ढंगले अधिकांस संचार माध्यमले समाचार बनाएर सम्प्रेसण गर्नु दःखत कुरा हो, घटनाको धरातलमा नगाएर समाचार प्रकाशन र प्रशारण भएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार