Bal-Umang

Bal-Umang

भरुवा बन्दुकको कारखाना संचालन गर्ने पक्राउ, बन्दुकसहित हातहतियार बरामद

काठमाडाैँ – गुल्मीमा भरुवा बन्दुकको कारखाना संचालन गर्ने एक अधवैशेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरी अवैध रुपमा भरुवा बन्दुकसहित हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

भरुवा बन्दुक बनाइरहेको अवस्थामा जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरि अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण बन्दोवस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ। प्रहरीले विशेष सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा ईलाका प्रहरी कार्यालय पुर्कोटवाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरबाट जिसीलाई पक्राउ गरेको हो।

प्रहरीले जिसीको घरवाट पक्राउ गरेका अवैध सामग्रीहरूमा ३ थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुईथान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्री, युरिया र आरन पंखा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए। प्रहरीले गत साता धुर्कोट गाउँपालीका ७ निवासी कृष्ण घर्तिको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार