Bal-Umang

Bal-Umang

‘जनताले मन पराएको सरकारको काममा कांग्रेसले धेरै टेन्सन लिनुपर्दैन’

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनताले मन पराएको सरकारका काममा प्रतिपक्षीले धेरै टेन्सन लिनु नपर्ने भन्दै सुझाएका छन्। शुक्रवार गोरखाको आरुघाटमा आयोजित दोस्रो आरुघाट महोत्सवलाई सम्बोधन गर्दै उनले भने ‘सरकारको कामको बारेमा कांग्रेसले धेरै टेन्सन लिनुपर्दैन, हामी राम्रो गरौँला, हामीले नसके कांग्रेस आउला, अरु आउने कोही छैन।’

नेकपापछि कांग्रेस नै रहेको बताउँदै उनले नसकेमा अन्य पार्टी आउने कोही नरहेकाले तनाव नलिन कांग्रेका नेता तथा कार्यकर्तालाई सुझाव दिए। सरकार र प्रतिपक्ष सबै मिलेर सम्वृद्ध मुलुक निर्माण गर्न तर्फ लाग्नुपर्ने उनले बताए।अध्यक्ष दाहालले आगामी १० वर्ष समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिन आरुघाटबासी र सबै जनतासँग अनुरोध गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार