Bal-Umang

Bal-Umang

प्रेस काउन्सिलमा राष्ट्रिय पाेशाक र ढाकाटोपी दिवस भव्यरुपमा सम्पन्न

काठमाडौं । विश्वभर इस्वी संवतको नयाँ वर्ष २०१९ को उल्लास रुपमा मनाइरहदाँ नेपालमा भने  नेपाली पाेशाक दौरा सुरुवाल र टोपी दिवस भव्यरुपमा सम्पन्न मनाइएकाे छ ।

विगत केही वर्षदेखि विशेष गरी जागरुक युवा अभियानले साे कार्यक्रम सञ्चालन गरेपनि वर्ष भने सरकारी कार्यलयले पनि यो दिवस मनाएको छ । पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालले राष्ट्रिय पोशाक जगेर्ना गर्ने उद्देश्यले यो दिवस मनाएको हाे।

आज काउन्सिलकाे कार्यलयमा प्रायः कर्मचारीहरु दौरा सुरुवाल र ढाका टोपी लगाएर उपस्थित भएका थिए । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल भने – ‘यो अत्यन्तै राम्राे, कुरा हो, सबै सरकारी कार्यालयमा टोपीसहित दौरासुरुवाल युक्त नेपाली पोशाक अनिवार्य भए झन् हुन्थ्याे।’

उनले अघि भने,’ म नेपाली टोपी छाड्दिन गर्मीमा अलि असहज हुन्छ जाडोमा छोडन् सकिदैन,आज यस विशेष दिनमा टोपीसहित दौरासुरुवालमा कर्मचारी साथीहरुलाई आउन आग्रह गरिएको र धेरै जनाले लगाएर आउनले कार्यालयमा छुट्टै किसिमकाे राैनकता थियाे।

उनले प्रत्येक महिना कुनै निश्चित दिन/बारमा दौरासुरुवाल लगाएरै आउनु पर्ने गरी व्यबस्था गर्ने सम्बन्धमा छलफल चलाइरहेको बताए।

त्यस्तै उप–प्रशासकीय अधिकृत रामशरण बोहराले हरेक विकसित मुलुकहरुको आफ्नो पोशाक हुने भएकाले नेपाल जस्तो बहु–जातजाति र भाषभाषी भएको देशमा पोशाकको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलीलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको थियो । नेपालका विभिन्न शहरमा पनि अंग्रेजी नयाँ वर्षको रौनक उस्तै छ । यहि अंग्रेजी नयाँ वर्षकै दिन केही वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार