Bal-Umang

Bal-Umang

चोरीको अभियोगमा तीन युवतीसहित ९ जना पक्राउ

काठमाडाैँ । चोरीको अभियोगमा तीन युवतीसहित ९ जना पक्राउ परेका छन्। सोमबार साँझ महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट एक प्रहरी टोली गस्तीको क्रममा नयाँबसपार्क पुगेपछि उनीहरु पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा गोगंबुस्थित बैंकुण्ठ गेष्ट हाउसबाट चोरीका सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।शंकाको आधारमा गेष्ट हाउस नजिकै वर्ष २१ का चाइनिज भनिने सुमन थापालाई खानतलासी गर्दा उनको साथबाट प्रहरीले चोरीको सुनका गहना फेला पार्यो । सो लगत्तै थापालाई केरकार गर्दा गेष्ट हाउसमा थप केही साथीहरु रहेको बताए ।गेष्ट हाउसको ३०१ कोठा नम्बरमा पुगेर जब प्रहरीले ३ महिलासहित ७ जनालाई नियन्त्रणमा लियो त्यसपछि अर्को नयाँ रहस्य खुल्यो ।

उनीहरु सातैजना चोरी कार्यमा संलग्न रहेको पाइएको र चोरीका गरगहना काठमाडौं महानगरपालिका–१६ स्थित कुमारीस्थानमा रहेको एक सुनचाँदी पसलमा बेच्ने गरेको खुल्न आयो । उक्त सुनचाँदी पसलमा बेच्ने गरेको पाइएपछि प्रहरीले पसलकी सञ्चालिका सबिता सुनारलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको छ ।

सबिताको सूचनाको आधारमा प्रहरीले चोरीका गहना किन्ने कार्यमा संलग्न गौतम मन्ना नाम गरेका भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत, महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले पक्राउ परेका सबैलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको पनि बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार