Bal-Umang

Bal-Umang

सीके राउतका कार्यकर्ताद्धारा यस्ताे खतरनाक ग्रायण्ड डिजाइनकाे याेजना बाहिरिएपछि संगठनमा मच्चियाे खैलाबैला

काठमाडौं । सीके राउतका बर्दियाका कार्यकर्ता राममनोहर यादवको निधनलाई लिएर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई जसरी जाेडिएर केही कथित संचारमाध्यम लगायत समाजिक संजालमा अाएकाे समाचारलार्इ लिएर गम्भीर ध्यानकार्षण भएकाे मन्त्रीका प्रेस सल्हाकार महेश चाैराशियाले बताए।
उनका अनुसार मन्त्रीज्यूलार्इ यस घटनामा दोषि देखाएर बदनाम गर्ने काममा केही ब्यक्ति लागेका छन्। तर मन्त्रीज्यूकाे यस घटनासँग कुनै सराेकार छैन्। यो सरासर गलत, भ्रामक, प्रतिसोधपूर्ण, पूर्वाग्रही र लासको घृणित राजनीति गर्ने सक्रिय गिरहाेकाे काम रहेकाे प्रेस सल्हाकार चाैराशियाले बताए।
उनले भने,’सीके राउतका ति कार्यकर्ताहरुलाई मन्त्रीज्यू लगायतका हामी कसैले नियन्त्रणमा लिनु भनेका थिएनौं । यद्यपि, सार्वजनकि कार्यक्रममा उछृन्खल गतिविधि गरेपछि प्रहरीले जो कसैलाई गिरफ्तार गर्नु स्वभाविक हो । तर, सामाजिक सञ्जालका केही स्ट्याटस र सीके राउतको लगानीमा सञ्चालित केही मिडियाहरुले समाचार लेखे अनुसार उहाँको निधन यातना दिएर प्रहरी हिरासतमा भएको होइन कि, उपचारको लागि लैजादै गर्दा बाटोमा निधन भएको हो ।’
चिकित्सकहरुका अनुसार खासमा, राममनोहरजी पहिलेदेखि नै उच्च ब्लडप्रेसरका बिरामी हुन्, रक्तचाप बढेपछि मष्तिस्कघात भएर उनको निधन भएको हो । स्राेतका अनुसार उनकी श्रीमति पनि क्यान्सरका बिरामी हुन्, र पारिवारिक तनावले राममनोहरको रक्तचाप यसबीच झनै बढेको थियो । बर्दियाको गुलरियामा आयोजित फाेरमकाे कार्यक्रममा राममनोहर लगायत सीके राउतका केही कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
बर्दिया प्रहरीका अनुसार उनीहरुलाई हिरासतमा राख्नु बाहेक यातना दिइएको छैन । तर, रक्तचापले गर्दा एक्कासी राममनोहर बेहोस भएपछि उपचारको लागि तत्काल गुलरिया अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । त्यहाँ अवस्था बिग्रिएपछि नेपालगंजको भेरी अस्पताल पुर्याइयो । त्यसलगत्तै उनलाई नेपालगंजको मेडिकल कलेज नर्सिङहोम लगिएकाे थियाे। तर, स्वास्थ्य झनै बिग्रिएपछि काठमाडौंको महाराजगंज टिचिङ अस्पतालको लागि लैजादै गर्दा धादिङमा उनको निधन भएको प्रहरीकाे भनार्इ छ ।
स्राेतका अनुसार विखण्डनकारी केही तत्वले बिरामी मान्छेलाई प्रदर्शनमा लगेर पूर्व याेजना अनुसार मृत्यु भए पछि मधेशीजनता ले नै जुता हान्ने भएपछि भ्रम सृजना गरी त्यो घटनामा उपेन्द्र यादब लाई दोषी दिखाई आफु उम्कन खोजेको छन् । मधेशका जनताले सीके राउतका सबै याेजना मधेशमा क्रिश्चियन धर्म फैलाउने रहेका बताए।
प्रहरी स्राेतका अनुसार मधेशलार्इ अलग्गै देश बनाउने विखण्डनकारी गतिविधिमा सीके राउतका कार्यकर्ता लागेका छन्। मधेशका जानकारहरुका अनुसार जनता यो बिदेशी दलाललाई मधेशमा अब मधेशी ले नै लखेट्ने छन्। स्राेतका अनुसार यो यूरोपीयको एजेंट हो । स्राेतका अनुसार राम मनोहर यादव को मृत्यु ले सीके राउत को समुहमा खैला बैला नै मच्चिएकाे छ। जानी जानी बिरामी मान्छेलाई प्रदर्शन मा पठाएको ले कार्यकर्ता बीच सीके राउत प्रति ब्यापक असंतुष्टि चुलिएर गएको छ । यो समुह नै फुट को संघार मा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार