Bal-Umang

Bal-Umang

राममाझीकाे नेतृत्वमा सुटिङ्ग स‌ंघकाे टाेली इन्डाेनेशीय जादैँ

काठमाडाैँ । १८ अाैँ एशियाली खेलकुद प्रतिगाेगितामा नेपाल सुटिङ्ग स‌ंघका टीम लिडर ध्रुब राममाझीकाे नेतृत्वमा ५ जनाका टाेली इन्डाेनेशीय जना लागेकाे छ।

टाेलीमा खेलाडीहरु सुस्मिता नेपाल, कल्पना परियार र सुरे चाैधरी रहेका छन् भने प्रशिक्षकमा सकुन्तला श्रेष्ठ रहेकी छन्।

टाेलीले इन्डाेनेशीयमा १० मिटर एयर राइफल, मिक्स र इन्डीभिजाेल खेलमा सहभागिता जनाउने संघले जनाएकाे छ।

खेल इन्डाेनेशीयकाे पेलम्वाङमा अगस्ट १९ र २० तारेखमा हुने संघले जनाएकाे छ।

टाेलीलार्इ संघका सदस्य सचिव केशव विष्टले अफिसीयली विदार्इ गरेका छन्। त्यसैगरी संघका अध्यक्ष पुष्कर श्रेष्ठले पनि टाेलीलार्इ शुभकामना दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार