पेनाल्टीमा क्रोएसियाको भाग्य चम्कियो, आयोजक रुस बाहिरियो

मस्को । रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को बराबरी भएपछि आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसियाले बाजी मारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रुसले लिएको थियो । मिड फिल्डर डेनिस चेरिसेभले ३१ औं मिनेटमा गोल गरेको थिए । रुसको अग्रता भने ८ मिनेटभन्दा बढी टिक्न पाएन । ३९ औं मिनेटमा क्रोएसियाका लागि आन्द्रज क्रामारिकले बराबरी गोल गरे त्यसपछि ९० मिनेटसम्म पनि १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयको १०० औं मिनेटमा क्रोएसियाका लागि डोमागोज भिडाले गोले गरी टोलीलाई अग्रता दिलाएका थिए ।

क्रोएसिया जितको नजिक पुगिसकेको अवस्थामा रुसका लागि मारियो फर्नान्डेजले गोल गरी पुनः खेल बराबरीमा पुर्‍याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा भाग्यमानी साबित हुँदै ४(३ ले क्रोयसियाले जित हात पार्‍यो । क्वाटरफाइनल प्रवेशका लागि रूस र क्रोयसिया दुवैलार्इ पेनाल्टीले ले साथ दिएको थियो । रूसले २०१० को विश्व विजेता स्पेनलार्इ घर फर्काएको थियो । क्रोएसिया पनि ट्राइब्रेकरमै डेनमार्कलार्इ हराउँदै अघि बढेको थियो ।

यस खेलसँग रूस विश्वकपको सेमिफाइनल चरण पूरा भएको छ । फाइलनका लागि मंगलबार बेल्जियम र फ्रान्स भिडन्तमा उत्रँदैछन् । बुधबार क्रोएसिया र इङ्ल्याण्ड भिड्नेछन् । अन्नपूर्ण पाेष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार