विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को । रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।

अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।
अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन्।

यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त

  1. उरुग्वे–फ्रान्स, जुलाई, ६
  2. ब्राजिल–बेल्जियम, जुलाई, ६
  3. स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७
  4. रुस–क्रोएसिया जुलाई, ७

फाइलन खेल जुलाई १५९असार ३१ ० मा हुँदैछ। अन्नपूर्ण पाेष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार