विश्वकप फुुटबल : ब्राजिल २०१८ को क्वार्टरफाइनलमा

काठमाडौं । रसियामा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुुटबल प्रतियोगिता २०१८ को क्वार्टरफाइनलमा ब्राजिल सफलतापूर्वक प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले अन्तिम ८ को यात्रा तय गरेको हो।

ब्राजिलका लागि स्टार खेलाडी नेइमार एक गोल तथा एक उत्कृष्ट पास मिलाएरनायक सावित भएका छन्। उनले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। नेइमार खेलको म्यान अफ द म्याच बनेका थिए।

जारी विश्वकपमा नेइमारले दोस्रो गोल गरेका हुन्। खेलको ८८औँ मिनेटमा नेइमारको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोका लागि उत्कृष्ट पास उपलब्ध गराए। रोबर्टले नेइमारको पासलाई गोलमा परिणत गरेका थिए।

यो पराजयसँगै मेक्सिकोको विश्वकप २०१८ को यात्रा टुंगिएको छ। मेक्सिकोले लगातार सातौंपटक विश्वकपको प्रिक्वार्टरफाइनलमा स्थान बनाएर पछिल्लो ६ पटक त्यहीँ अड्किएको थियो ।

फिफा विश्वकपमा मेक्सिको दुईचोटि मात्र क्वार्टरफाइनल पुगेको छ । सन् १९७० र १९८६ मा उसले अन्तिम ६ मा स्थान बनाएको थियो । अब क्वार्टरफाइनलमा ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार