विश्वकप : आज अाइतबार दुई खेल हुँदै

काठमाडाै । रुसीमा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।  नकआउट चरणअन्तर्गत आजराति आयोजक रुससँग स्पेन भिड्दै छ भने अर्को खेलमा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा भिड्न लागेका स्पेन र रुसबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

स्पेन समुह बीको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने रुसले समुह एको उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो ।
क्रोएसिया र डनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे शुरु हुनेछ ।

क्रोएसिया समुह डीको विजेताको रुपमा प्रि क्वार्टरफाईनल प्रवेश गरेको हो भने डेनमार्क समुह सीको उपविजेताको रुपमा क्रोएसियासंगको भिडन्त पक्का गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार