भ्रष्टाचार अब मुलुकमा अन्त्य गर्छु-गृहमन्त्री रामबहादुर थापा


काठमाडौँ फागुन १६ -गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा नचल्नेवाला बताएका छन् ।
नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए । । मगर समुदायबाट गृहमन्त्री बन्नुभएका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गरे ।
मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिए । नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार