इलाममा हेमरोन मृत अवस्थामा फेला

इलाम , फागुन ९- इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा सागर हेमरोन नाम गरेका व्यक्ति पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका छन् ।
मिठाइ पसलमा काम गर्ने उनी मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार