सडक छेउको घर–टहरा भत्काउन ढिलाइ गर्दा सडक निर्माणमा ढिलाइ

 

ललितपुर, फागुुन ९-सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा निर्माणाधीन कोटेश्वर–कलंकी काममा अवरोध पुगेको छ ।

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेको उनले बताए । चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ ।

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन ।यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ ।सडकमा बिच्छाइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार