नारायणी उपक्षेत्रीय अस्पतालमा नर्सले बच्चा साटिदिएपछि तनावग्रस्त

काठमाडौं, फागुन ९ – नारायणी उपक्षेत्रीय अस्पताल नर्सले बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा तनावग्रस्त भएको छ ।

बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले अस्पताल तनावग्रस्त बनेको थियो । बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो ।

वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार