रुपन्देहीमा गुण्डा नाइके मनोज पुन सहित दई जना प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं, फागुन ९ -लामो समयदेखि प्रहरीले मस्टवाण्टेडको शुचिमा राखि खोजि गरिरहेको गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरी इन्काउन्टरमा मारिएका छन ।

आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । बिभिन्न अपराधिक गतिविधीमा संलग्न पुन नेपालबाटै फरार रहेका थिए । सिआइबीको बिशेष टोलिले उनि नेपाल आएको जानकारी पाएलगत्तै सर्च अभियान चलाउने क्रममा प्रहरीलाई देखेर आक्रमण गर्दै भाग्ने हुदा जवाफी कार्वाहीमा पुन र उनका सहयोगी आले मारीएका हुन ।

प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार