सिरियामा सरकारी सेनाले गरे हवाइ आक्रमण, बालबालिकासहित ७७ जनाको मृत्यु


काठमाडौं, फागुन ८ – सरकारी सेनाले गरेको हवाइ आक्रमणमा सिरियाको राजधानी दमास्कसनजिक ७७ जनाको मृत्यु भएको छ ।
सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन । अरु ३ सय जना घाइते भएका छन ।चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो ।
सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार