विप्लवद्धारा नेपाल बन्द-उपत्यकामा पनि आंशिक प्रभाव

काठमाडौं, फागुन ८ विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेतापनि नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन । अन्य ठाउतिर सुनसान रहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले अहिलेसम्म अवस्था सामान्य छ । अप्रिय घटना केही भएको उनले बताए । नेकपामा नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार