आफनो पार्टीको नाम चारेकोमा एमाले र माओवादी प्रति विप्लव रुस्ट


काठमाडौं, फागुन ८ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमाले र माओवादीले पार्टी एकता गरदै आफ्नो पार्टीको नाम चोरेरको आरोप लगाएका छन ।

एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०’ राख्ने निर्णय गरेका छन ।, जुन नाम विप्लव नेतृत्वको पार्टीसँग हुबहु मिल्छ । एमाले(माओवादीले राजनीतिक संस्कार नदेखाएको उनले आरोप लगाएका छन ।

विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन इञ्चार्ज मोहन कार्कीले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेको आरोप लगाए ।उनले भने, ‘यो फाँसीवादी चरित्र हो । हामी संघर्ष जारी राख्छौं, वैचारिक र सांस्कृतिक रुपले प्रतिकार गर्छौं ।’

आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता नभएको भन्दै एमाले–माओवादीले बलमिच्याई गरेको उनको भनाइ छ । कार्कीले भने ‘निर्वाचन आयोगमा दर्ता नभएर के भो, हामी जनताको बीचमा छौं आफ्नो संघर्ष गरिरहेका छौैं ।’एमाले सचिव प्रदीप ज्ञवालीले नामको विषय सामान्य रहेको प्रतिक्रिया दिँदै भने, ‘नाम राख्न पाइन्छ । यो कुनै ठूलो कुरा होइन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार