कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे माओवादी केन्द्रभित्र बहस सुरु

काठमाडौं, फागुन ८- कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे नेकपा माओवादी केन्द्रभित्र बहस सुरु भएको छ ।

आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ । यसअघि उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहना अनुसार लबिङ गरिरहेका छन ।

पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन ।प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार