कञ्चनपुरमा जंगली हात्तीको बथानले २१ घर भत्काए

भीमदत्तनगर, फागुन ७ -राति आएको जंगली हात्तीको बथानले कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार २१ वटा घर भत्काएको छ ।

हात्तीले तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ ।

हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु दुई हजार प्रदान गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार