राष्ट्रपति भण्डारीद्धारा संघीय संसद्को अधिवेशन आह्वान


काठमाडौँ, फागुन ७ -यही फागुन २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरीएको छ ।

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबबाट प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन् । सरकारको सिफारिसमा ३ जना राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार