कार्यकर्तालाई तत्काल विनाशर्त रिहा नगरेमा ओलीका विरुद्ध कडा संघर्ष गर्ने -विप्लवल


काठमाडौं, फागुन ७ – नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि कडा प्रतिक्रिया जनाएको छ ।

पार्टी महासचिव विप्लवले प्रहरीले दिउसो विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन, पोलिटब्यूरो सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि यस्तो प्रतिक्रिया दिएको हो ।

सिहदरवारमा पसेको चार दिन नबित्दै केपी ओली सरकारले जनतामाथि दमनको सुरुवात गरेको भन्दै महासचिव विप्लवले यस्तो अराजनीतिक दमनपूर्ण चरित्र बन्द गर्न माग गरेका छन् । गिरफ्तार नेता कार्यकर्तालाई तत्काल विनाशर्त रिहा गर्न माग गर्दै रिहा नगरेमा केपी ओलीका विरुद्ध कडा संघर्ष सुरु गर्ने चेतावनीसमेत दिएका छन ।

महासचिव विप्लवले एक बिज्ञप्ति जारी गर्दै ओली सरकारको यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको बताएका छन् ।

राष्ट्रिय युवा जनस्वयमसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राई लगायतका सयौं बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले सोधपुछ भन्दै गिरफ्तार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार