अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील

काठमाडौं, फागुन ६ -बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न अमेरिकाको फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले माग गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरे ।

राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफनो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन् ।फ्लोरिडाको पार्कल्याण्डमा गरिएको श्रद्धाञ्जली समारोहमा सो विद्यालयका शिक्षक, विद्यार्थी र राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

अमेरिकी राजनीतिक विश्लेषकहरु अमेरिकामा हत्या हिंसा अन्त्यका लागि बन्दुकको संस्कृति बन्द गर्नुपर्ने जिकीर गर्छन् ।अमेरिकी रिपब्लिकन पार्टीका नीति निर्माताहरु भने बन्दुकमाथिको प्रतिबन्ध तत्काल लगाउने पक्षमा छैनन् ।

फ्लोरिडामा केही दिनअघि निकोलस क्रुज नामका किशोरले गोली हानी १७ जना विद्यार्थीको हत्या गरेका थिए ।यसअघि सन् २००७ म भर्जि्नियामा त्यस्तै गोलीकाण्डमा ३२ जना मारिएका थिए ।सन् २०१२ मा अमेरिकाको स्यान्डी हकमा अर्का बन्दुकधारीले विद्यालयमा गोली हानेर २८ जनाको हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार