चन्द्रगढी विमानस्थलमा हवाई उडान अबरुद्ध हुन थालेपछि आइएफआर प्रविधि भित्र्याइए


झापा, फागुन ६- झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा बारम्बार हुस्सु र कुहिरोका कारण हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको छ ।

यो प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्यन प्राधीकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुडालले जानकारी दिए । आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।

यसअघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो । यसका लागि पाँचदेखि छ किलोमिटरको भिजिबिलिटी जरुरी पर्दथ्यो । आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार