एक भारतीय नागरिक प्रहरीद्धारा पक्राउ

 

बागलुङ, फागुन ६- एक भारतीय नागरिकले रतुवा मृगको टाउकाको खप्पर र सिङ अबैध रुपमा भारततर्फ लादै गर्दा प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा घर भारतको मध्य प्रदेश बताउने ३५ बर्षका नन्दलाल केना रहेको प्रहरी कार्यालय भिमगिठे बताएको छ ।बागलुङ जिल्लाको बडिगाड गाउपालिका वडा न (७ भिमगिठे बजारमा प्रहरीको चेकजाँचका क्रममा मृगको खप्पर सिङ सहित भारती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पछि ईलाका वन कार्यालय पठाएपनि हिरासतमा राख्ने ठाउँ नभएपछि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको ईलाका वन कार्यालय बुर्तिबाङका फरेष्टर खिम श्रीषले बताए । ईलाका प्रहरी कार्यालय बुर्तिबाङको हिरासतमा रहेका भारतीय नागरिकलाई हिजो शनिबार परेकाले भोली थप अनुसन्धान लागि जिल्ला वन कार्यालय बागलुङ पठाउने तयारी भएको ईलाका प्रहरीले बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार