लागुऔषधसहित तीन जना प्रहरीद्धारा पक्राउ

 

राजविराज, फागुन ६- सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०÷२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उहाँले जानकारी दिए ।पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार