शाह दम्पती : जसले आफ्नो अर्बौको घरजग्गा आँखा अस्पताललाई दान गरे

काठमाडौं ५, फाल्गुन । समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको घरसहितको जग्गा नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई दान गरेका छन् ।

शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शाहले काठमाडौं कान्तिपथस्थित आफू बस्दै आएको घर जग्गा दान दिएको जानकारी गराएका हुन् । आफूहरुको मृत्यु पश्चात नेपालगञ्जस्थित फत्ते बालआँखा अस्पतालले प्रयोग गर्न पाउने गरी रजिष्ट्रेसन पास गरिदिएका हुन् ।
जग्गाको सरकारी मूल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । बेच्ने हो भने करिव एक अर्ब पर्न आउँछ ।

श्रीजङ्गका बुबा कप्तान फत्तेजंग शाह तथा आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा यही अस्पताललाई दान दिएका थिए ।

त्यसैले अस्पतालको नाममा नै दाताको नामबाट रहृयो ।

शाहले देश र जनताको हितका लागि आफूले आखा अस्पताललाई जग्गा दान दिएको बताए ।

९१ वर्षीय श्रीजंग पत्नी रुद्रकुमारीसँगै बस्दै आएका छन् । उनीहरुकी एक विवाहित छोरी छिन् ।

२०४३ सालमा १० शैयाबाट सुरु भएको फत्ते बाल आँखा अस्पताल अहिले २ सय ५० बेड सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार