विरगञ्जमा प्रेस फोरम गठन, प्रेस युनियनका दर्जनौं क्रियाशील पत्रकार प्रवेश

वीरगन्ज ४, फागुन । संघीय समाजवादी फोरम नेपाल निकटका पत्रकारहरुको संगठन प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शुक्रबार सम्पन कार्यक्रममा पत्रकार आर.के. पटेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ ।

प्रेस यूनियनको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिई प्रेस फोरमसँग जोडिएका पत्रकार विजय कुशवाहाको सभापतित्वमा भएको घोषणा कार्यक्रममा संघीय समाजवादी फोरम पर्साका अध्यक्ष एवं सांसद प्रदिप यादवले संघीय प्रेस फोरम पर्साको घोषणा गर्नु भएको हो ।

प्रेस फोरमको पर्सा समितिको उपाध्यक्षमा श्याम कुशवाहा, लालबाबु बानिया, सचिवमा आशु सर्राफ, सहसचिवमा अंजुकुमारी महतो, कोषाध्यक्षमा राम कुशवाहा, सदस्यहरुमा ऐनी कुँवर, दिपक ठाकुर, हेमन्त तामाङ, निखिल वर्णवाल, प्रमोद यादव, जनाब आलम, संतोष साह, मनिषा श्रेष्ठ लगायत रहेका छन् ।

यसैगरि राम सर्राफको संयोजकत्वमा रहेको सल्लाहकार समितिमा पत्रकारहरु अनिल तिवारी, विजय कुशवाहा, ध्रुव साह, चन्द्र भुषण साह (संजय) रहेका छन् । घोषणा सभालाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले प्रेस फोरम पर्साको पत्रकारिता मर्यादित तथा व्यवस्थित बनाउन अग्रसर हुने बताए ।

नेपाल पत्रकार महासंघ पर्सासँग समन्वय गरि पत्रकारिताको विकास र उत्थानका लागि प्रेस फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने यादवले बताए । कार्यक्रममा फोरम नेपालका सांसद हरिनारायण रौनियार, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतको उपस्थिति थियो ।

पर्सामा प्रेस फोरम गठनसँगै नेपाली कांग्रेस निकटको प्रेस युनियनलाई ठूलो धक्का लागेको छ । प्रेस युनियन पर्साको कोषाध्यक्ष रहेका राम कुशवाहाको नेतृत्वमा कार्यसमितिका आधा दर्जन बढी सदस्यहरु प्रेस फोरममा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार