प्रदेश नं. २ मा मुख्यमन्त्रीसँगै ३ जना मन्त्रीहरु सफत खाने

काठमाडौं । प्रदेश नं.२ का मुख्यमन्त्रीको भोली प्रदेशको राजधानी जनकपुरमा भव्यसमारोह बिच सफत ग्रहण हुने भएको छ । उक्त कार्यक्रम जनकपुर चुरोट कारखानाको परिसरमा हुने भएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख श्री रत्नेश्वरलाल कायस्ताले सफत खुवाउने छन् । उक्त समारोहमा सरकारका दुई नं. प्रदेशका सबै प्रसाशनिक प्रमुखहरुको उपस्थिति हुने भएको छ । फोरम र राजकाका शिर्श नेतहरु भने उपस्थिति नहुने भएको सुत्रले बताएको छ । जानकारी अनुशार निर्वाचन आयोगको सर्वदलिय बैठकले जान नसकिने भएको छ ।

यस सफत ग्रहण समारोहमा मुख्यमन्त्रीसगै अरु को को मन्त्री बन्न पाउने भन्ने विषयलाई सवैले चासोकासाथ हेरेका छन् । उच्च स्रोत अनुशार राजपाबाट जितेन्द्र सोलान सरकारमा सहभागिता नजनाउने बताएका छन् । राजपाबाट मनिष सुमन र डा. डिम्पल झा भध्ये एक भोली नै मन्त्री हुने सम्भावना छ । फोरम नेपालबाट मुख्यमन्त्री कै चर्चा चलेका विजय यादवको बलियो सम्भावना रहेको जानकारी स्रोत दिएको छ । त्यसै गरी सप्तरीबाट शैलेन्द्र साहापनि बलियो सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार