सुवर्ण गुरुङको हत्या गरी फरार रहेका मुखिया गुरूङ भारतमा पक्राउ

काठमाण्डों, माघ २६ -काठमाण्डौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा २०५८ कात्तिक १८ गते बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या गरी मुखिया गुरूङ फरार रहेका भारतबाट पक्राउ परेका छन ।

फरार रहेका गुरुङलाई शुक्रबार दिउँसो ३ बजे उनलाई काठमाण्डौं ल्याइने प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै मकाउ पुगेका मुखिया करीब २ महिनाअघि नेपाल आएका थिए। त्यसपछि भारत हुँदै थाइल्याण्ड जाने क्रममा उनी भारतको जयपुर विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले गत मंसिर २२ गते पक्राउ गरेर दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशअनुसार उनलाई नेपाल ल्याउन लागिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले सुवर्णको हत्या गरेको थियो । हत्यापछि अरू पक्राउ परे पनि मुख्य योजनाकार मुखिया फरार थिए । मुखियालाई नेपाल प्रहरीको इन्टरपोल शाखाले खोजी सूचीमा राखेको थियो। त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मुखिया पक्राउ परेको करीब २ महिना हुन लाग्यो, अपराध नियन्त्रण तथा अपराधी पक्राउ गर्न दुई देशबीच सुपुदर्गी सन्धी नभए पनि अदालति प्रक्रिया पूरा गरेर नेपाल ल्याउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार