विवाहको उत्सवमा एक वर्षीय बालकको सिरकभित्र निसास्सिएर मृत्यु

उदयपुर माघ २६ -उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सवमा एक वर्षीयाको बालकको रंजीत विक सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक विवाह घरको पलङमा सुताएको बेला सिरकभित्र निसास्सिएर मृत्यु भएको जाकारी दिए।

प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले छोरा रंजीत विकलाई घरभित्र पलङ्मा सुताएर हल्का सानो सिरक ओढाएर विवाहमा संलग्न भइरहेकी थिइन ।

तर कसैले नियतवस वा अन्जानमा रंजीतलाई अर्को ठूलो सिरक ओढाइदिएका कारण केही घण्टा पछि गीताले छोरा हेर्दा रंजीत हलचल गर्न नसक्ने अवस्था देखेपछि तत्काल कटारी अस्पताल पु¥याएको प्रहरीले बताएको छ । अस्पतालमा बालक रंजीतलाई डाक्टरले चेकजाँच गरेपछि मृत घोषणा गरेको र बालक सिरकले निसास्सिएर मृत्यु भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ९डिएसपी० मेघराज अधिकारीले बताउनुभयो ।

मृत बालकको बिहीबार परीक्षण गरेर शव आफन्तलाई बुझाइएको इप्रका कटारीले बताएको छ । यता बालकको मृत्युको कारण कसैले जानीजानी एक सिरकमाथि अर्को ठूलो सिरक बालकलाई ओढाइदिएर निसास्सिने बनाएका कारण नियतवस मृत्यु गराएको भन्दै छानबिन र अनुसन्धान गरी पाउँ भन्दै बालकका हजुरबुबाले प्रहरीमा जाहेरी दिएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । मृतक बालकको बुबा रत्नबहादुर विक भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको पनि प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार