प्रतिनिधिसभाको समानुपातिकमा कम्तीमा महिला८४ जना निर्वाचित हुनुपर्ने

काठमाडौं, माघ २६ । राष्ट्रिय सभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फको एक तिहाइ महिला निर्वाचित गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फको १ सय १० सिटमा कम्तीमा ८४ जना महिला निर्वाचित गर्नुपर्ने भएको छ । तीन प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा ले मात्रै समानुपातिकबाट सिट पाउनेछन ।

समानुपातिकबाट एमालेले पाउने ४१ सिटमा कम्तीमा ३७ महिला पठाउनुपर्नेछ । यस्तै, कांग्रेसले पाउने ४० सिटमा २०, माओवादीको १७ सिटमा १६, फोरमले पाउने ६ सिटमा ५ र राजपाले पाउने सबै ६ सिटमा महिलाको नाम बन्दसूचीबाट पठाउनुपर्नेछ ।

आयोगले संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभा गठन कुर्दै समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छैन । निर्वाचन आयोगले औपचारिक रूपमा अझै समानुपातिक परिणाम सार्वजनिक गरिनसकेकाले उक्त संख्यामा सामान्य हेरफेर हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार