अखिल क्रान्तिकारी विद्यार्थी संगठनले भारतीय विस्तारवादी भन्दै १९ जिल्लाहरुमा एकसाथ बिरोध प्रदर्शन गरे

काठमाडौं, माघ २६ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले भारतीय विस्तारवादी भन्दै देशका १९ जिल्लाहरुमा एकसाथ बिरोध प्रदर्शन गरेका छन ।

सिमा अतिक्रमण र भारतीय ज्यादतीबिरुद्ध क्रान्तिकारी अखिल क्रान्तिकारी विद्यार्थीले भारतीय विस्तारवादी भन्दै देशका १९ जिल्लाहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । क्रान्तिकारीले झापा, सुनसरी, सप्तरी,, धनुषा, सिरहा,, पर्सा, रौतहट,, सर्लाही, बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली कंचनपुरलगाएत तराईका १९ जिल्लामा शुक्रबार एकसाथ बिरोध प्रदर्शन गरेको छन ।

भारतले एकपछि अर्को गर्दे पूर्व मेचीको झापा, बीरगञ्जकोे छपकैया र पश्चिम कञ्चनपरको पूर्नवास लगाएतका स्थानको नेपाली भुमि अतिक्रमण गरेको भन्दै अखिल क्रान्तिकारीले घोर भ्रत्सर्ना गरेको छ ।नेपाली राजनीतिमा भारतले प्रत्यक्ष रुपमा हस्तक्षेप गरेकोले भारतीय विस्तारवाद विरुद्ध हाम्रो संघर्ष हो क्रान्तिकारीका केन्द्रीय नेता बिरेन्द्र शाह भने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिभिन्न ठाउँमा हाम्रो नेपाली भुमिमा भारतीय विस्तारवादले आँखा गाडेको छ, त्यो हामीलाई कुनैपनि मूल्यमा सह्य हुदैन ।

 

भारतले कब्जा गरेको सबै नेपाली भूमि स—सम्मान नेपाललाई फिर्ता गर्नुपर्ने र फिर्ता नगरे आफूहरु आफ्नो भुमि स्वतः लिने क्रान्तिकारीको चेतावनी छ ।गैरकूटनीतिक तरिकाले भारतीय सत्ताधारीहरू मनपरि तरिकाले नेपाल आउने जाने गरिरहेका भन्दै क्रान्तिकारीले सामान्य कूटनीतिक मर्यादाक्रममा रहन भारतीय पक्षलाई आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार