गाउँपालिकाका अध्यक्ष सतिश सिंहको विरुद्धमा तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरे


सप्तरी, माघ २५ -सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले एकलौटी रुपमा काम गरेकोभन्दै नेकपा एमालेका नेता देवनारायण यादवसहित तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन ।

गाउँपालिकाका अध्यक्ष सिंहले गाउँपालिकाको नाम र केन्द्र आफनो खुसी परिवर्तन गराएको भन्द गाउँपालिका अध्यक्ष सिंहले वडा नम्बर १ का वासिन्दालाई जानकारी नै नदिई गाउँ परिषद् गराएर केन्द्र र नाम परिवर्तन गराएको भन्दै उनीहरुले विरोध गरेका हुन ।

अनसनमा बसेकाहरुले गाउँपालिकाको पहिलेकै नाम र केन्द्र रहनुपर्ने, प्रशासनीय अधिकृतमाथि छानविन र कारवाही गर्नुपर्ने लगायत ५ वुँदे माग राखेका छन उनीहरुले आफूहरुका माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार