प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार छु -झलनाथ खनाल


काठमाडौं, माघ २५ -एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेका अभिव्यक्ति दिएका छन ।

विगतमा नेकपा माले र माक्र्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त देखिए । उनले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफूलाई कुनै आपत्ति नरहेको बताएका छन ।

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन ।
‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’ खनालले भने, ‘०६२र०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ । मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार