काठमाडौं माघ २५ -ललितपुरको टिकाथलीमा भूतकाण्डको आतंक मच्चाउनेहरु अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए ।
घटनाबारे मंगलबार बेलुका सोधपुछ गरेको प्रहरीले आज थप व्यक्तिहरुसँग सोधपुछको काम भईरहेको सिलवालले बताए ।
घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी उनले बताए । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’ सिलवालले भने ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी० का प्रमुख डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए ।