राष्ट्रियसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक हुदै

काठमाडौँ , माघ २४— राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुदैछ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो ।
प्रदेश १, २, ५ र ७ को सम्पूर्ण परिणाम सार्वजनिक भएका छन भने ३, ४ र ६ को पूर्ण परिणाम आउन बाँकी छ ।
२ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो।प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगतारअल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचितरनिर्विरोध भएकाहरुको नामावली यस्ता छन ।प्रदेश १ बाट अन्य समूहतर्फ एमालेका परशुराम मेघी गुरुङ र हरिचरण शिवाकोटी निर्विरोध चयन भएका थिए भने कांग्रेसका रमेशजङ्ग रायमाझी निर्विरोध चयन भएका थिए।महिलातर्फ एमालेबाट नैनकला ओझा , माओवादी केन्द्र विना पोखरेल र कांग्रेस सरिता प्रसाईं रायमाझी निर्विरोध चयन भएका थिए ।
दलिततर्फ एमालेबाट खेमराज नेपाली निर्वाचित भएका थिए । त्यसैगरी अपाङ्गरअल्पसंख्यकतर्फबाट एमालेबाट अगमप्रसाद बान्तवा राई निर्वाचित भएका थिए । प्रदेश २ बाट अन्य समूहतर्फ कांग्रेसबाट जीतेन्द्र देव , राजपाका रमेशप्रसाद यादव ,एमालेका सुमनराज प्याकुरेल निर्विरोध भएका हुन ।महिलातर्फ माओवादी केन्द्रका शशीकला दाहाल ,काग्रेसका मुक्ताकुमारी यादव , फोरम नेपालका प्रमिला कुमारी निर्विरोध सदस्य भएका हुन । अल्पसंख्यक वा अपाङ्गतर्फ राजपा वृषेशचन्द्र लाल र दलिततर्फ फोरम नेपालका
रामप्रित पासमान निर्विरोध भएका हुन ।

प्रदेश ३ महिलातर्फबाट एमाले उदया शर्मा पौडेल,दिलकुमारी रावल थापा ,कांग्रेस धनकुमारी खतिवडा निर्वाचित भएका छन । दलिततर्फबाट एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यक वा अपाङ्गतातर्फ एमालेका रामचन्द्र राई निर्वाचित भएका हुन ।
प्रदेश ४ का अन्य समूहतर्पmबाट एमाले गणेशप्रसाद तिमिल्सिना , माओवादी केन्द्र दीनानाथ शर्मा र कांग्रेस सुरेन्द्रराज पाण्डे निर्वाचित भएका हुन ।
महिलातर्फबाट एमालेका शान्तिकुमारी जिसी , दीपा गुरूङ , कांग्रेसका विन्दादेवी आले र दलिततर्फ एमाले खिमकुमार विक र अल्पसंख्यक वा अपाङ्गतातर्पmबाट काग्रेसका प्रकाश पन्थ निर्विरोध भएका थिए ।प्रदेश ५ अन्य समूहतर्फबाट एमालेका खिमलाल भट्टराई, माओवादी केन्द्र चन्द्रबहादुर खड्का , कांग्रेस दुर्गाप्रसाद उपाध्याय निर्वाचित भएका थिए । महिलातर्फ कांग्रेसका अनिता देवकोटा , एमालेका कोमल वली र मिना बुढा निर्विरोध भएभने दलिततर्फ एमालेका रामलखन चमार र अल्पसंख्यक वा अपाङ्गतातर्फमाओवादी केन्द्रका राजकुमार कुँवर निर्वाचित भए ।

प्रदेश ७ बाट अन्य समूहतर्फ एमालेका शेरबहादुर कुँवर, माओवादी केन्द्रे हरिराज चौधरी कांग्रेस बद्री पाण्डे निर्विरोध भए । महिलातर्फबाट एमालेका इन्दु कडरिया , एमालेका कमलाकुमारी वली कांग्रेस तारादेवी भट्ट निर्विरोध भए । दलिततर्फ एमालेका चक्र स्नेही र अल्पसंख्यक वा अपांगतातर्फ माओवादी केन्द्रका महेशकुमार महरा निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार