राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित


काठमाडौं , माघ २४ -प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा सदस्यमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’३ हजार ३ सय ९६ मत ल्याएर निर्वाचित भएका छन ।

प्रदेश नं ३ को खुलातर्फबाट बादल राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । बादल वाम गठबन्धनका साझा उम्मेदवार हुन ।

नेकपा एमाले र माओवादी केन्द्रबीच बादललाई राष्ट्रियसभा सदस्यको अध्यक्ष बनाउने सहमति भएको बताइएको छ । राष्ट्रिय सभामा बादल सबैभन्दा वरिष्ट नेता हुन हुन । उनको जित सुश्चितताका लागि एमालेको नेता बेदुराम भसालको उम्मेदवारी फिर्ता गरिएको थियो ।
त्यसैगरी प्रदेश नम्बर ४ बाट दलित सदस्यमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक विजयी भएका छन ।

दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली उम्मेदवार थिए। निर्विरोध निर्वाचित भएकाबाहेक ३२ सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार